कोरोना विरुद्ध ‘फ्रन्टलाइन’ महिला कमाण्डरमा नेपालकी डा. रुना झा छनौट, यी हुन् विश्वका ५ महिला !

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ वैशाख । कोरोना भाइरस विरुद्ध अग्रमोर्चामा रहेर लडाईंमा सामेल भएको भन्दै टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा विश्वको ५ महिलामा छनौट भएकी छिन् ।
संयुक्त राष्ट्रसंघीय महिलाद्वारा गरिएको छनौटमा उनी शिर्ष विश्वका ५ महिलाको सुचीमा तेस्रो स्थानमा चुनिएकी हुन् ।


उनले दैनिक औषत ७० जना विरामीको स्वास्थ्य परिक्षण रिपोर्ट टुङ्गो लगाउने गरेकी छिन् ।
संयुक्त राष्ट्र संघीय महिलाको आाधिकारीक वेभसाइटमा पाँच राष्ट्रका महिलाहरुको बारेमा उल्लेख गरिएको छ ।


जोर्डनकी अमल अल महयराह, चीनकी यह सेङ्गलियन, नेपालकी रुना झा, काजकिस्तानकी दिना स्माइलोभा र अमेरिकाकी रियान्सी हेनरी रहेकी छिन् ।


चीनको बुहानबाट ल्याइएको १७५ नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा सुरक्षित राख्न र उनीहरुको परिक्षण गर्न झा नेतृत्वको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयुक्त राष्ट्र संघीय महिलाको वेभसाइटमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस