
धादिङ, २१ वैशाख । सरकारले लकडाउन घोषणा गरेपछि नागरिकलाई घर बाहिर निष्कन प्रतिबन्ध छ । तर, यही मौकामा चारीका घटना बढेका छन् । धादिङका विभिन्न स्थानमा पार्किङ गरेर राखेको बसमा एलइडी टिभी देखि विभिन्न सामग्री चोरी भएको छ । प्रहरीले चारीमा समलग्न अभियुक्त सहित सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मण्डली यातयात प्रा.लीद्वारा सञ्चालीत बसहरुमा एलइडि टिभि चोरी भएको हो । बा ४ ख ७३८०, ना ४ ख २८९१, ना.६ ख ९१३० र लु २ ख १९५४ नम्बरका बसहरुमा यात्रुको मनोरन्जनका लागि जडान गरिएको एलइडी टिभी तथा म्युजिक प्लेयरहरु चोरी भएको थियो ।
प्रहरीले ६ थान एलइडी टिभी, ३ थान म्युजिक प्लेयर, २ थान स्पीकर बरामद गरेको छ । उनीहरुले चोरी गर्न प्रयोग गरेको औजार समेत बरामद गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेक गा.पा.वडा नं. ५ बस्ने बर्ष २२ को अभिषेक श्रेष्ठ‚ सोही ठाउँका बर्ष अं.१९ को श्याम श्रेष्ठ र बर्ष २५ को अजय श्रेष्ठ रहेका छन् । उनीहरुलाई चोरी मुद्दामा वैशाख १८ गतेबाट लागु हुनेगरी म्याद समेत थप भएको छ । ्