गृहमन्त्री ‘बादल’ले भने,- ‘लकडाउनले आर्थिक संकट निम्तियो, सर्तसहित खुलाउनुपर्छ’

दियो पोस्ट  

काठमाडौं, २३ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरस कोभिड १९ को संभावित महामारी विरुद्ध सरकारले गरेको लकडाउन सर्त सहित खुकुलो बनाउनु पर्ने तर्क गरेका छन् ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बोलाएको छलफलमा गृहमन्त्री बादलले आर्थिक संकटबाट देशलाई मुक्त पार्न पनि आर्थिक गतिविधिलाई खुकुलो बनाउने संकेत गरेका हुन् । उनले कस्तो सर्त भन्ने विषयमा भने विस्तृत बताएनन् । गृहमन्त्री बादलले लकडाउनका कारण आर्थिक संकट समेत गहिरिएको बताए ।

‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ बादलले भने ‘बेरोजगारीलगायतका समस्या पनि देखिएका छन्, गाउँ फर्किने अभियान पनि यही कारण देखिएको हो ।’

कोरोना अन्तर्रा्ष्ट्रिय संकट भन्दै मन्त्री थापाले यसका कारण आर्थिक संकट र सामाजिक र राजनीतिक असन्तोष निम्तिएको पनि बताए । कोरोनाकै कारण अहिले सामाजिक र आर्थिक असन्तोष विकास हुँदै गएको समेत बताए ।

सिफारिस