सालीसँग विहे गर्न आफ्नै श्रीमतीको हत्या, सालीकै उक्साहट !

दियोपोस्ट संवाददाता

जनकपुरधाम, २६ वैशाख । आफ्नै सालीसँग विवाह गर्न श्रीमतीकै हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका ९ लालभट्टीमा एक युवकले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरेको खुलेको हो ।

स्थानीय २८ वर्षका हरि चौहानले साली गंगा लामासँग विवाह गर्न श्रीमती वीणा लामा चौकानको हत्या गरेको पाइएको । इलाका प्रहरी कार्यालय ढल्केबरले हत्यामा समलग्न हरिलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत वैशाख १८ गते वीणाको शव लालगढ सामुदायिक वनमा गाडिएको अवस्थामा फेला परेको थियो । छोरी हराएको भन्दै हरिका ससुरा पदमबहादुरले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले हरिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

हरिले प्रहरीसँगको वयानमा कान्छी साली गंगासँग विवाह गर्न श्रीमतीको हत्या गरेको स्वीकारेका छन् ।
उनको बयान अनुसार साली गंगाले दिदिको हत्या गर्न उक्साएकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस