नेपाली भूमिमा भारतले सडक बनाएपछि पोखरामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जल्यो

दियोपोस्ट संवाददाता

पोखरा, २८ वैशाख । भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ ।

पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । मोदीको पुत्ला दहन गरेको भन्दै प्रहरीले चार विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी रहेका छन् ।

सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् ।

सम्बन्धित खबर

सिफारिस