काठमाडौं, १५ जेठ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिए।
आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याइने भन्दै मन्त्री पौडेलले नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि बताए ।
चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ ।