काठमाडौंका उद्योगलाई मयुरधाप औद्योगिक क्षेत्रमा सारिने

दियो पोस्ट  

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षको बजेटमार्फत् काठमाडौंमा सञ्चालित उद्योगलाई मयुरधाप औद्योगिक क्षेत्रमा सारिने बताएको छ।

अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उद्देश्यले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने बताएका हुन्।

उनले स्थानान्तरण गरिएको उद्योगलाई १० वर्षको लागि जग्गा निस्शुल्क उपलब्ध गराउने जानकारी दिएका छन्।

त्यसका साथै उद्योगले आयात गर्ने मिल, मेसिनरी र पार्टपुर्जामा १ प्रतिशत भन्सार महशुल लगाइने छ।

यी उद्योगको विद्युत डिमाण्ड शुल्क समेत ५ वर्षका लागि छुट दिइने उनले बताए।