जनताबाट लखेटिएपछि प्रेमनाथका कार्यकर्ताको धम्की,‘सिद्धलेकको समाचार लेखे मुद्दा हाल्छु’

diyopost.com
दियो पोस्ट  बुधबार, बैशाख २१, २०७९ | १६:३१:५१

धादिङ । मंगलबार राती प्रलोभन र पैसा बाँढ्न पुगेका सिद्धलेक गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवाल जनताबाट भ्याकुरखेदाईमा परे । सिद्धलेकको फागफुक टोलमा पुगेका उनलाई स्थानियबासीले लेखेटेको समाचार दियोपोस्ट डटकमले ब्रेक गरेको थियो । सोही समाचारलाई लिएर सिलवालले आफ्ना कार्यकर्तामार्फत धम्की दिएका छन् ।

सिद्धलेक घर भएकी एक एमाले कार्यकर्ताले सिद्धलेकको कुनै पनि समाचार नलेख्न भन्दै समाचार लेखे मुद्दा हाल्ने धम्की दिएकी हुन् । यसरी धम्की दिने ती युवती एमाले निकट अनेरास्ववियुको थापाथली क्याम्पसकी नेतृ प्रवेशिका खनाल हुन् ।
‘समाचार लेख्दा विचार गरेर लेख्ने गर । सिद्धलेकलाई किन खेदो खनेको ? म मुद्दा हाल्दिउँला ? तिमीले मात्रै जानेको छौ सबै ? तिमीले मात्रै पढेका छौ पत्रकारिता ?,’ खनालले दियोपोस्टको आधिकारीक फेसबुकमा सन्देश पठाएकी छिन्,‘तिमीहरु जस्ता झारपातले नलेख्दा हुन्छ । हाम्रो पालिकाको समाचार । अब कुन निकायमा कहाँ मुद्दा हाल्नु पर्छ मलाई थाहा छ ।’

नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका सिलवाल यसअघि पनि अध्यक्ष थिए । उनले आफ्नो कार्यकालमा गरेको भ्रष्टाचारको श्रङ्खला नै दियोपोस्टले प्रकाशन गरेको थियो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर