ज्वालामुखिका लेखा अधिकृतको वितण्डा : मध्यरातमा किचेनको सामान सडकमा फालिदिएपछि भागाभाग !

diyopost.com
दियो पोस्ट  बुधबार, जेठ ०४, २०७९ | ९:५३:४३

धादिङ्ग । धादिङ्गको ज्वालामुखि गाउँपालिकाका कर्मचारी बस्ने क्वार्टरमा अनौठौ घटना भएको छ । मंगलबार राती गाउँपालिका कार्यालय नजिकै रहेको कर्मचारीको निवासको किचनबाट कुकर लगायत भाँडाकुँडा सबै सडकमा फालिएपछि तनाव भएको छ ।

लेखाअधिकृत बिदुर शर्मा नेपाल  ले किचनको सबै भाँडाकुँडा सडकमा फालिदिएपछि निर्वाचन अधिकृतहरुको भागाभाग भएको छ । स्थानिय व्यावसायी सुदीप शाक्यका अनुसार निवासकै किचनबाट भाँडाकुँडा फालिएको थियो । तर, आफूहरु भने बेलुका पसल बन्द गरेर सुतिसकेपछि यस्तो घटना भएको उनले बताए । यद्धपी घटनाबारे प्रतिक्रिया लिन नेपाललाई फोन गर्दा उनले त्यस्तो कुनै पनि घटना नभएको बताए । उनले सामान्य घटना भएको समेत जानकारी दिए ।

उनले आफूमा कुनै पनि मानसिक समस्या नभएको समेत बताए । तर, एक प्रत्यक्षदर्शीका अनुसार लेखा अधिकृत नेपालले वेहोसीमै कोठाको सामान सडकमा फालिदिएका थिए ।

सम्बन्धित खबर