काठमाडौं महानगर अपडेट : स्थापित भन्दा १३ हजार बढी मतान्तरले बालेनकै अग्रता !

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन शाहले अग्रता लिने क्रम जारी नै छ । आज दिउँसो १ बजेसम्म गणना भएको ७५ हजार १ सय २१ मत मध्ये शाहले २८ हजार ६ सय ६२ मत पाएका छन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ३ सय ५९ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले १५ हजार ५७ मत पाएकी छिन् ।