कान्छो पत्रकारको ‘ठगी धन्दा’ : सिंगापुर पुर्याउँछु भन्दै ३९ जनाबाट १० करोड ठगी, प्रेमिका समेत संलग्न !

दियो पोस्ट  

काठमाडौं । हातमा महँगो घडी । महँगो गाडीमा सयर । पाँचतारे होटलमा जन्मदिन मनाउँदा बहालवाला श्रम मन्त्री शेरबहादुर कुँवर शुभकामना दिन होटलमै पुग्थे । आफूलाई कान्छो पत्रकार र धनी पत्रकारको रुपमा चिनाउने तीनै सुजन आचार्यले दर्जनौँ युवालाई सिंगापुरको सपना देखाएर ठगी गर्ने गरेको घटना बाहिरिएको छ । हिरा लुटपाटमा पक्राउ परि सेटिङमा छुटेका उनी एक नायीकाको अश्लिल भिडियो मार्फत व्यापारीलाई धम्काएर फिरौती मागेको अभियोगमा पक्राउ परेका थिए । उनै आचार्यले उदयपुर त्रियुगाका सुजन आचार्यले सिंगापुर पठाउँछु भन्दै ३९ जना युवाबाट लाखौँ रुपैयाँ ठगी गरेको पाइएको छ । आचार्यले आफ्नै प्रेमिका बिनु शाक्य र सानिमाको छोरा (भाइ) सृजन निरौलाको प्रयोग गरी ठगेको पीडितहरूले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

आचार्यले सिंगापुरमा आफ्नै कम्पनीमा प्रतिमहिना चार लाखभन्दा बढी तलब हुने र सोहीअनुसार अन्य सुविधासहित रोजगारी दिने आश्वासन दिएर २०७९ सालमा आफूहरूसँग प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि २० लाखसम्म असुलेको पीडितहरूको दाबी छ ।

पीडितहरूका अनुसार चैत्र २६ गते पक्राउ पुर्जी जारी हुँदा समेत भाग्न सफल भएका आचार्यसँग अन्य व्यक्तिहरू समेत पीडित भएको र उनले सबैसँग गरी कुल १० करोड रुपैयाँ ठगी गरेको दाबी गरे । पीडितहरूमध्ये धेरैले सुजनकी प्रेमिका भनिने बिनु शाक्यको नेपालस्थित इन्भेष्टमेन्टको बैंक खातामा पैसा हालिदिएको उनीहरूको दाबी छ । हाल बिनु सिंगापुरमै लुकेर बसेको उनीहरूको भनाइ छ । पक्राउ पुर्जी जारी भएपछि सुजनका सानिमाका छोरा (भाइ) सृजनलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

नेपालका नेता, मन्त्री, व्यवसायी पुलिसलाई आफूले पैसा दिएर पाल्ने गरेको दाबी गर्ने आचार्यले आफूलाई नेपालका प्रहरीले पक्राउ गर्न नसक्ने भनेर उल्टै पीडितहरूलाई नै धम्काउन थालेको समेत पीडितहरूले बताए ।

TATA ADD