बिलबिजक भन्दा बढीको सामानसहित ३ वटा ट्रक नियन्त्रणमा

दियो पोस्ट

मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट बिहीबार राति ११ बजे बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका ३ वटा मालवाहक कन्टेनर ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र वीरगंजबाट बुटवलतर्फ जादैँ गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ मकवानपुरले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रक मध्ये ना ५ ख ७१०१ र ना ७ ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।

सम्बन्धित खबर