अवैध लागूऔषधसहित एक जना पक्राउ तथा बरामत

दियो पोस्ट  

काठमाडौं । नवलपरासी(पश्चिम)को सरावल गाउँपालिका–४ पुर्नाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पाउडर २ ग्राम ४ सय ७ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ ललितपुर बस्ने ३२ वर्षीय सुधारे हरिजन रहेका छन् । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीको टोलीले यूपी ५६ एएम ७८८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी बिहीबार बिहान पक्राउ गरेको हो ।

साथै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित नारायणी काउन्टरको छेउबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ८ सय ग्राम प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीको टोलीले उक्त गाँजा फेला पारी बिहीबार बिहान बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।