प्रधानन्यायाधीशमा नियुक्त कार्कीले लिए शपथ

दियो पोस्ट  

काठमाडौं । प्रधानन्यायाधीशमा नियुक्त हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा अवकाश भएपछि कार्कीले विगत आठ महिनादखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।