५ वर्ष गठबन्धन केही हुनेवाला छैन, यसकै नेतृत्वमा देश विकासको युगतर्फ जानेछः प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष जाने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने दाबी गरेका हुन् ।

उनले भने, ‘अहिले कता–कता यो सरकारको आयु कति भनेर मिडियामा हुने–नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’

१८औँ शताब्दीमा कार्लमार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ् भनेको स्मरण गर्दै उनले भने, ‘दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर मेरो ध्यान छ।’

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखिनसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको उनको भनाइ थियो।