काठमाडौं । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पनि ढलेको छ। एमालेका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीका रुपमा प्रदेश सभामा पेस गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यको मत प्राप्त हुन सकेन।
मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास रहेको भन्ने प्रस्ताव बिहीबार प्रदेश सभा बैठकमा पेस गरेका थिए। शुक्रबार भएको मत विभाजनमा कार्कीले ४६ मत मात्र पाएका छन्। उनको प्रस्तावको विपक्षमा ४३ मत परेको छ। बहुमतका लागि यो प्रदेशमा ४७ सांसद आवश्यक रहन्छ। मत विभाजनका क्रममा ८९ सांसद उपस्थित रहेका थिए। ४ जना सांसद अनुपस्थित रहे।
नेपालको संविधान धारा १८८ को उपधारा २ बमोजिम कार्कीले विश्वासको मत मागेका हुन्।