मेयरको आक्रमणबाट गम्भीर घाइते उपमेयरले दिएको जाहेरी लिन मुगु प्रहरीद्वारा अस्वीकार

दियोपोस्ट संवाददाता

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले मेयर विष्णु कुमार भाम विरुद्ध जाहेरी दिएकी छिन् । बुधबार दिउँसो नगरपालिकाको कार्यालय गमगडीमा उपमेयर मल्ल र उनका श्रीमानमाथि आक्रमण भएको थियो । मेयर भामको नेतृत्वमा आएका विभिन्न व्यक्तिले आक्रमण गरेको भन्दै पीडितले जाहेरी दिएपनि जिल्ला प्रहरी कार्यालय मुगुले घटना भएको २४ घण्टासम्म जाहेरी दर्ता समेत गरेको छैन । हालसम्म कसैलाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको छैन ।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी विरेन्द्र थापाले घटनाको विषयमा कांग्रेस पार्टी कार्यालयमा छलफल भइरहेको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् । पीडितले दिएको जाहेरी दर्ता भएर प्रहरीले अनुसन्धान गर्ने हो की घटनाबारे कांग्रेस कार्यालयमा छलफल हुने हो भन्ने दियोपोस्टको प्रश्नमा उनले पार्टीको आन्तरिक विषय भएको जवाफ दिए । तर, उपमेयर मल्लमाथि नगरपालिकाको कार्यालयभित्रै हात हतियारसहित आएको समुहले आक्रमण गरेको पीडित उपमेयरको भनाई छ ।
जाहेरीमा उपमेयर मल्लले मेयर भामको नाम पनि उल्लेख गरेकी छिन् । सोही कारण प्रहरीले जाहेरी लिन हच्किएको हो । पीडकलाई कानुनी दायरामा ल्याएर अनुसन्धान गर्नुपर्ने प्रहरी प्रमुखले उल्टै पीडित विरुद्ध पनि जाहेरी आएको भन्दै धम्की दिएका छन् । यहाँसम्मकी संचार माध्यम विरुद्ध समेत साइबर क्राइमको कारबाही हुन सक्ने भन्दै घुमाउरो धम्की उनले दिएका छन् ।
पीडित उपमेयर मल्लले भामसहित ४ जना विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी लिएर विहिबार विहानै प्रहरी कार्यालय गमगडी पुगेकी थिइन् । तर, मुद्दा फाँटका प्रहरीले जाहेरी नै नलिई फर्काइदिएका थिए । अहिले पनि जाहेरी दर्ता गर्न प्रहरीले मानिरहेको छैन ।

पीडित मल्लले आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै मेयर भाम, मेयर भाई नरेश भाम, भतिजो दिलिप कुमार भाम र विष्णु खत्री विरुद्ध जाहेरी लिएर भौँतारिइरहेकी छिन् । डिएसपी थापाका अनुसार उक्त घटना मिलाउन नेपाली कांग्रेसका सांसद तथा मुगु जिल्ला सभापति ऐन बहादुर शाही पनि जिल्ला पुगेका छन् । उनले नै मुद्दा दर्ता गर्नुअघि छलफल गराएको डिएसपी थापाले खुलाशा गरे । जबकी यसरी घटनाबारे अनुसन्धान नगर्दै छलफल गर्नु गैरकानुी हो । डिएसपीले संचार माध्यमलाई समेत साइबर अपराधको जाहेरी आएको भन्दै घुमाउरो धम्की दिएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी बीर बहादुर ओलीले आफू तालिमबाट आएकोले घटनाबारे जानकारी नभएको बताए । घटनाबारे बुझेर प्रतिक्रिया दिने उनले बताए ।

यो पनि पढ्नु होस्

मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयरको ज्यादती :

मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयरको ज्यादती : उपमेयरमाथि आक्रमण, श्रीमान थुनामा !

 

सम्बन्धित खबर

सिफारिस