डोङफेङको विद्युतीय सवारी ४० देशमा निर्यात, १२ हजार युनिट बिक्री

दियोपोस्ट संवाददाता

काठमाडौं । चिनियाँ कम्पनी डोङफेङ नामीले बनाएको विद्युतीय सवारी जेएफ–एस३ विश्वभर लोकप्रिय बन्दै गएको छ। कम्पनीका अनुसार हालसम्म यो सवारी ४० भन्दा बढी देशमा १२ हजारभन्दा बढी युनिट बिक्री भइसकेको छ।

सन् २०२४ को अन्त्यदेखि युरोपमा बिक्री सुरु भएको यो सवारीले नेदरल्याण्ड, नर्वे, चेक गणतन्त्र र लाट्भियाजस्ता देशमा राम्रो बजार बनाएको छ।

नेदरल्याण्डमा एक महिनामै ३०० युनिट बिक्री भएको थियो भने नर्वेमा पहिलो महिनामै १०० युनिट अर्डर आएका थिए। चेक गणतन्त्रमा यसले आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको छ।

यसको सफलताको मुख्य कारण भनेको स्थानीय आवश्यकता अनुसार सवारी परिमार्जन गर्नु हो। चिसो देशमा न्यानो सिस्टम, युरोपमा उपयुक्त चार्जिङ सिस्टम र फरक देशका लागि विशेष संस्करण बनाइएको छ।

यो सवारी अहिले मेक्सिकोमा सार्वजनिक यातायातमा, थाइल्याण्डमा मोबाइल कफी स्टलका रूपमा र अफ्रिकामा सौर्य चार्जिङसहित प्रयोग भइरहेको छ। कम्पनीले हालै जेएफ–०६ नामको नयाँ मोडल पनि सार्वजनिक गरेको छ, जसमा आकर्षक बत्ती र अत्याधुनिक इन्टेरियर रहेको छ। डोङफेङले अझ नयाँ मोडल ल्याउने र विश्वभर बजार विस्तार गर्ने योजना बनाएको छ।

सम्बन्धित खबर