एभरेष्ट बैंकद्वारा ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सुरु, डिजिटल भुक्तानी झनै सहज

दियोपोस्ट संवाददाता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि डिजिटल भुक्तानीलाई अझै सजिलो बनाउन नयाँ सुविधा ल्याएको छ। बैंकले २०८२ साल जेठ २० गतेदेखि ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको हो। यो कार्ड मोबाइल बैंकिङ एपबाटै चलाउन सकिने पूर्ण डिजिटल कार्ड हो, जसका लागि भौतिक कार्ड बोकिरहनु पर्दैन।

बैंकका अनुसार, ग्राहकले सजिलैसँग यो सेवा लिन सक्नेछन्। यस भर्चुअल कार्डमार्फत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको क्रेडिट सीमा पाइनेछ। यो रकम फोन पे क्यूआर स्क्यान गरेर सामान किन्दा, अनलाइन कारोबार गर्दा वा कार्ड व्यवस्थापनका अन्य काममा प्रयोग गर्न सकिनेछ।

ग्राहकले प्रयोग गरेको रकम ४५ दिनसम्म बिना ब्याज उपभोग गर्न पाउनेछन्। साथै, तिर्नुपर्ने कुल रकमको कम्तिमा १० प्रतिशतदेखि पुरै रकमसम्म तिर्न सकिने लचिलो सुविधा पनि बैंकले दिएको छ। यो सेवाले डिजिटल कारोबारलाई थप सहज र सुरक्षित बनाउने बैंकको विश्वास छ।

सम्बन्धित खबर