
विराटनगर । सिद्धार्थ बैंकका ग्राहकहरूले अब विराटनगरमा रहेको गोल्डेन हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
ग्राहकहरूलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्न बैंक र हस्पिटलबीच एक सम्झौता भएको हो।
विराटनगरमा आयोजित एक कार्यक्रममा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखाका प्रबन्धक श्री सूर्य प्रसाद शर्मा र गोल्डेन हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सीईओ० श्री मो। जियाउल हकले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
सम्झौता अनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले गोल्डेन हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाको शुल्क बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
यो सुविधाले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा आर्थिक राहत मिल्ने र नगद कारोबारको सट्टा डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा आकर्षित गर्न हालै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ, जसले डिजिटल भुक्तानीमा ग्राहकलाई थप फाइदा पुऱ्याउँछ।