काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले अब काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा ड्राइभिङ्ग सिक्दा शुल्कमा विशेष छुट पाउने भएका छन्। बैंक र एकेडेमीबीच भएको एक सम्झौता अनुसार बैंकका ग्राहकले एकेडेमीका सम्पूर्ण ड्राइभिङ्ग कोर्समा १५ प्रतिशत छुट पाउनेछन्।
यो सम्झौतासँगै कुमारी बैंकमा खाता भएका ग्राहकहरूले गुर्जुधारा ट्रायल सेन्टरबाट प्रदान गरिने सबै प्रकारका ड्राइभिङ्ग तालिममा तोकिएको शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। उक्त एकेडेमी यातायात व्यवस्था कार्यालय, ठूलोभर्याङले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) लिने आधिकारिक केन्द्र पनि हो।
आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ। विगत २४ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरुको सहजताका लागि विभिन्न व्यावसायिक संस्थाहरूसँग सहकार्य गरी छुट तथा अन्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाईमार्फत अत्याधुनिक बैंकिङ्ग सेवा दिइरहेको छ। बैंकले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि यस्तै सरल र सुलभ सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।