२३ दिनमै आठ कठिन गन्तव्य पुगेर टुनल्याण्ड जी७ ले बनायो विश्व कीर्तिमान

दियोपोस्ट संवाददाता  

काठमाण्डौ । नेपालमा नयाँ आएको टुनल्याण्ड जी७ पिकअपले २३ दिनभित्रै देशभरिका आठवटा अग्ला र कठिन अफ-रोड स्थानहरूमा सफल यात्रा गरी विश्व कीर्तिमान कायम गरेको छ। यो यात्राबाट टुनल्याण्ड जी७ विश्वकै पहिलो यस्तो पिकअप बनेको छ, जसले छोटो समयमा यति धेरै उचाइ र चुनौतीपूर्ण गन्तव्यहरूमा पुग्न सफल भयो।

यस पिकअपले दार्चुलाको हिकिला, पर्वतको फलामे, इलामको सन्दकपुर, जुम्ला, मनाङको खाङसार, ढोरपाटन, मुस्ताङको कोरोला सीमा र संखुवासभाको गुफापोखरीमा यात्रा गर्‍यो। यी सबै क्षेत्रहरू उकालो, भीरालो र कच्ची सडकले भरिएका थिए, जहाँ सामान्य सवारी चलाउनै गाह्रो हुन्छ।

यात्राका क्रममा टुनल्याण्ड जी७ ले आफ्नो शक्ति, सन्तुलन र टिकाउपन देखाएको छ। यसको १६० हर्सपावरको इन्जिन, ३९० एनएम टर्क, २२५ मिमी ग्राउन्ड क्लियरेन्स र च्ज्ञड टायरले जटिल मार्गहरूमा पनि सहज यात्रा सम्भव बनायो। उकालो चढ्दा ‘हिल होल्ड’ र ओरालो झर्दा ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता प्रविधिले चालकलाई थप सहज बनाएको थियो।

बाहिरी रूपमा बलियो देखिने यो पिकअप भित्र भने विलासी सुविधा छ। प्यानोरामिक सनरुफ, तातो(चिसो हुने १२ तरिकाले मिल्ने इलेक्ट्रिक सिट, १२.३ इन्चको स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटनजस्ता सुविधाले लामो यात्रा पनि आरामदायी बनाएको छ।

यो २३ दिने अफ-रोड यात्रा टुनल्याण्ड जी७ को एक वर्षे परीक्षण अभियानको हिस्सा थियो। यसमार्फत नेपाली भूगोलमा यसको क्षमता, टिकाउपन र इन्धन खपतको परीक्षण गरिएको हो।

परीक्षणको सफलतासँगै टुनल्याण्ड जी७ ले देखाएको छ कि यो केवल शहरका लागि होइन, जङ्गल, पहाड र दुर्गम ठाउँमा पनि भरपर्दो साथी हुन सक्छ। यो पिकअप अब केवल गाडी होइन, शक्ति र आराम खोज्नेहरूका लागि एउटा पावरफुल समाधान बनेको छ।