काठमाडौं, २२ जेठ । यो तस्बिरको बायाँ तर्फ छेउमा बस्ने अभिनेत्रीलाई तपाईंले पक्कै चिन्नु हुन्छ । उनी हुन, नेपाली चलचित्रकी चर्चित नायीका करिस्मा मानन्धर । नयाँ शक्ति नेपालबाट राजनीतिक जविन शुरुवात गरेकी करिस्मा यो तस्बिरमा निकै छेउमा छिन् ।
बायाँबाट नेताहरु, गंगा श्रेष्ठ, केशव दाहाल, देवेन्द्र पौडेल, डा बाबुराम भट्टराई र नवराज सुवेदी छन् । हेर्दा उनीहरु सबै अगाडी छन् । फरक यत्ति हो, पुरुष नेताहरु भव्य र अलिशान शोफामा छन् भने करिस्मा सामान्य कुर्शिमा । आयोजकले महिलामाथि विभेद नगरेको हुनसक्छ तर एउटा तस्बिरले हजार शब्दहरु बताउँछन् भने जस्तै यो तस्बिरले पनि प्रश्नहरु उठाउँछन् नै ।
तस्बिर ईकान्तिपुरबाट लिएको हो ।