दुई महिनामा सरकारले भ्रमण गरेरै सिध्यायो साढे ८ करोड

दुई महिनामा सरकारले भ्रमण गरेरै सिध्यायो साढे ८ करोड

काठमाडौँ, असार ३ । केपी शर्मा ओली नेतृत्वको सरकारले रकमान्तर गरर जेठ महिनामा मात्रै पाँच करोड ६० लाख ७८ हजार ७ सय ७८ रुपैयाँ विदेश भ्रमण र स्वागतमा सकेको छ । उक्त रकम भ्रमण खर्चका लागि छुट्याएको रकमबाहेक हो । जेठ महिनामा विदेश भ्रमणका लागि उक्त रकम सकिएपनि प्रधानमन्त्री केपी ओलीको जेठ अन्तिम साता भएको युरोप भ्रमणको खर्च यसमा समावेश छैन । ओली र उनको टिमले यूरोप भ्रमणमा थप एक करोड खर्च गरेको अनुमान अर्थ मन्त्रालयको छ तर, परराष्ट्र मन्त्रालयबाट बिल प्राप्त भएपछि मात्र उक्त भ्रमणको वास्तविक विवरण सार्वजनिक हुने अर्थका अधिकारीहरु बताउँछन् ।

ओली प्रधानमन्त्री बन्नासाथ विदेश भ्रमणमा कडाई गर्ने बताएका थिए । अनावश्यक खर्च रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयले रोक्ने भएपछि विदेश जान नपाइने पीर राजनीतिक वृत्तमा र उच्च तहका कर्मचारीमा परेको थियो । आर्थिक बर्षको अन्तिम हुनथालेपछि रकमान्तर गर्दै विदेश भ्रमण र स्वागत गर्न थालेको हो ।

वैशाखमा पनि रकमान्तर गरेरै विदेश भ्रमणका लागि दुई करोड ६८ लाख ८२ हजार दुई सय ४५ रुपैयाँ खर्च गरिएको थियो । वैशाख र जेठमा गरी रकमान्तर गरेर मात्रै आठ करोड ५४ लाख ३२ हजार सात सय रुपैयाँ खर्च भएको अथै मन्त्रालयले जनाएको छ । आर्थिक दैनिकबाट ।

Trending News