१० महिनामा १० खर्ब ९९ अर्ब व्यापारघाटा, आयात २० प्रतिशतले वृद्धी

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ५ । चालु आर्थिक बर्षको १० महिनामा कुल वस्तु व्यापारघाटा १९ दशमलव सात प्रतिशत ले बढेको छ । नेपाल राष्ट्र बैँकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिसम्वन्धी प्रतिवेदनअनुसार पछिल्लो अवधिमा व्यापारघाटा बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

बिहीबारको आर्थिक दैनिमा सुरेश राउतले लेखेका छन् – राष्ट्र बैँकका अनुसार यस अवधीमा कुल वस्तु निर्यात १८ दशमलव एक प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड रुपैयाँ पुग्दा बुल वस्तु आयात १९ दशमलव ६ प्रतिशतले बढेर ११ खर्ब ७८ १४ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदनअनुसार कुल आयात र निर्यातको बिचमा १० खर्ब रुपैयाँभन्दा बढीको अन्तर देखिएको छ । प्रतिवेदनअनुसार अघिल्लो बर्षको १० महिनामा यस्तो निर्यात नो प्रतशितले र अन्य मुलुकतर्फ दुई दशमलव तीन प्रतिशतले निर्यात बढेको राष्ट्र बैँकले जनाएको छ ।

सम्बन्धित खबर