ठाकुर पक्षकाे बदला ; उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्कासित

दियो पोस्ट  

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ ।

अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।

बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको ठाकुर पक्षका एक नेताले जानकारी दिए ।

अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको उनले बताए ।

कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

सिफारिस