काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा, के गर्न पाईने / के नपाईने ?

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ जेठ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप जेठ ३१ गतेसम्म लम्बिएको छ ।

थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जानकारी गराइएको छ ।

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) निषेधाज्ञा थप्नेबारे मंगलबार दिउँसो बैठक बसेका थिए । तर, बैठक नसकिएपछि आज बुधबार निर्णयहरू सार्वजनिक गरेको हो ।

थप गरिएको निषेधाज्ञाको अवधिमा मानिस भिड हुने सबै प्रकारका सभा सम्मेलन बन्द हुने, विवाह व्रतबन्धको हकमा भने बढीमा ७ जना मात्रै सहभागी हुन पाउने भएका छन् । विज्ञप्ति

सम्बन्धित खबर