वडाध्यक्षको नेतृत्वमा कारोना संक्रमणको परामर्श : स्वास्थ्य सामग्री हस्तान्तरण

दियो पोस्ट  

धादिङ, २० जेठ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ११ म वडाध्यक्ष तिलक थापाको नेतृत्वमा कोरोना संक्रमितहरुलाई परामर्श कार्यक्रम सम्पन्न । वडाध्यक्ष थापाको नेतृत्वमा स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।

वडामा संक्रमितहरु बढदै गरेको स्थितिलाई मध्यनजर गर्दै, सबैको स्वास्थ्य संस्थाको पहुच नभएकोले बिरामीहरुको लागि अति आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु, ५० थान ज्वरो नाप्नको लागि थर्मोेमिटर, ५० थान शरीरको अक्सिजन र मुटुको धड्कन नाप्नको लागि पल्स अक्सिमिटर तथा २५०० थान मास्क वडाका प्रत्येक टोलमा वितरण गरिएको हो ।

उक्त सामग्रीहरुको माध्यमबाट बिरामीले घरमै बसी आफ्नो स्वास्थ्य अवस्था कस्तो छ ? शरीरमा ज्वरोको मात्रा के कति छ ? अक्सिजनको मात्रा के कति छ ? सजिलै थाहा पाउन सक्ने भएकोले वितरण गरिएको सामाग्री अत्यन्त उपयोगी र अभियान प्रभाबकारी भएको वडा अध्यक्ष थापाले बताए , जेष्ठ १५ गतेबाट सुरु भएको अभियान जेष्ठ २० गते सम्पन भएको हो ।

यस अभियानलाई आर्थिक रुपमा सफल तुल्याउनको लागि प्रमुख भूमिका निभाउने ज्यामरुङ्ग जनकल्याण समाजका पदाधिकारीहरु कृष्णमान श्रेष्ठ, दिनेश बिस्ट, तारालाल धरेल, लिला बहादुर बिस्ट, नीलकण्ठ ११ निवासी हाल मकाउमा कार्यरत दुर्गा बहादुर बिष्ट, पर्यटन ब्यवसायी तथा समाजसेबी गोकुल सापकोटा, हरि कुमार श्रेष्ठ, राजेन्द्र धमला, सहदेव धमला, खिल बहादुर आले मगर, भरत थापा मगर, रमेश कुमार श्रेष्ठ र भाइराम थापा मगरको अतुलनीय भूमिका रहेको आयोजकले बताएको छ ।