धादिङ, २१ जेठ । कोरोना भाइरस संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको दुखद निधन भएको छ ।
कोरोना संक्रमण भएपछि राजधानीको ललितपुरस्थित स्टार अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार निधन भएको हो ।
स्थायी घर झापा रहेका पौडेल लामो समयदेखि जिल्ला अदालत धादिङको न्यायाधीश हुनुहुन्थ्यो । उनको निधनले न्याय क्षेत्रमा ठूलो क्षेति पुगेको छ ।