ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

दियोपोस्ट संवाददाता

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । केहीबेरमा उनले बोलाएको यो बैठक केही मन्त्रीहरुका लागि अन्तिम बैठक हुनेछ ।

उक्त बैठक लगत्तै जसपाका नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ। यो बैठक यसपटक एमाले सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक हुने बुझिएको छ।

बैठकमा सात माओवादी मन्त्रीहरुको विदाई र जसपाका नयाँ मन्त्रीहरुलाई नियुक्त, आफ्नै पार्टीका मन्त्रीहरुको आन्तरिक जिम्मेवारी हेरफेरबारे निर्णय हुने बताइएको छ ।

सम्बन्धित खबर