गृहमन्त्री नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल सरकारबाट बाहिरिएको खुलाशा..

दियो पोस्ट  

काठमाडौं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका छन् । राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर/राजेन्द्र महतो समुहका १० जनालाई मन्त्रीमा नियुक्त गरेर ओलीले आफ्नो पार्टी नेकपा एमालेका ६ जना व्यक्तिलाई सपथ खुवाएका छन् ।

जसपाबाट राजेन्द्र महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । त्यस्तै शरतसिंह भण्डारी उर्जामन्त्री बनेका छन् । यता एमालेबाट विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएका छ । रघुवीर महासेठलाई उपप्रधान सहित परराष्ट्र मन्त्रीमा नियुक्त गरिएको छ । यसअघि ओलीको सहयात्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल सरकारबाट बाहिरिएका छन् । प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री थिए । उनले आजै निवास छाड्ने घोषणा गरेका छन् ।


उपप्रधानमन्त्री ईश्वर पोखरेल भने गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिएको खुलाशा भएको छ । गत वर्ष रक्षामन्त्री रहेका उनले सेनालाई विवादमा ल्याउने गरि मेडिकल सामग्र खरिदमा मुछिएपछि उनलाई रक्षा मन्त्रालयबाट हटाइएको थियो । मन्त्रालय विना विभागिय उपप्रधानमन्त्री बनेपनि उनले प्रशासनिक संयन्त्रमा हस्ताक्षेप गर्दथे ।

गृहमन्त्रालय मातहतका निकायलाई खुलमखुल्ला निर्देशन दिने उनको रबैया देखेर तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादल नै असन्तुष्ट थिए । प्रहरीमा एआइजीको दरबन्दी नै बनाएर आफू निकट डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्न उनी सफल भएका थिए । जतिसुकै विवादास्पद कार्य गरेपनि सरकारमा रहिरहेका पोखरेलले शुक्रबारबाट भने विदा लिएका छन् ।


स्रोतका अनुसार उनले गृहमन्त्री पाउनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेका थिए । तर, प्रधानमन्त्री ओलीले पोखरेललाई गृहमन्त्री दिन तयार नभएपछि पोखरेलले आफै बाहिरिने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गृह, रक्षासहित महत्वपूर्ण मन्त्रालय आफैसँग राखेका छन् । गृहमन्त्रीमा आफू निकट केही व्यक्तिलाई नियुक्त गर्ने उनको चाहना रहेको स्रोतले बताए ।