काठमाडौं, जेठ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् ।
प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् ।
प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो ।
कुल ५८ सदस्यको उपस्थित भए पनि ५७ जनाले मतदान गरेका थिए । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए ।
मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।
नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।