श्रीमतीलाई अघि सारेर एनसीसी बैंक कौडीको भाउमा कब्जा गर्ने विनोद चौधरीको तयारी !

दियो पोस्ट  

काठमाडौं, २८ जेठ । नेपालको एक मात्रै डलर अर्बपति विनोद चौधरीले जालझेल र तिकिडम गरेर एनसीसी बैंक कब्जा गर्न लागेको रहस्य खुलाशा भएको छ ।


चौधरीको स्वामित्व रहेको नविल बैंकमा एनसीसी बैंकलाई गाभ्ने तयारी भएको हो । ८ सय ६८ कित्ता मात्रै शेयर भएपनि विगत ५ वर्षदेखि सञ्चालक समितिको अध्यक्षमा रजाइँ गरेका उपेन्द्र केशरी न्यौपानेलाई नै अघि सारेर चौधरीले एनसीसी बैंक कब्जा गर्न लागेका हुन् । कांग्रेसको रुपमा परिचित न्यौपाने शाहिकालमा न्याय परिषद सदस्य भएका ‘मण्डले कांग्रेस’ हुन् । बैंकमा सबैभन्दा शेयर भएका निर्मल प्रधान र लक्ष्मी बहादुर श्रेष्ठलाई प्रवेश निषेध गरेर लाखौँ सर्वसाधरणका लगानी रहेको एनसीसी बैंक कौडीको भाउमा नविलमा गाभ्ने तयारी थालिएको हो ।

बैंक मर्जरका लागि आजै मर्जरसम्बन्धी निर्णय गर्ने विषयमा छलफल गरेको थियो । स्रोतका अनुसार मर्जरको लागि एनसीसीको एक सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता सेयर कायम हुने गरी सहमति गरिएको छ ।


उक्त सहमतिअनुसार मर्जर भएको खण्डमा एनसीसीको एक सय कित्ता सेयर हुनेले नबिलको जम्मा ३५ कित्ता मात्र सेयर पाउने स्रोतको दाबी छ । स्रोतका अनुसार एनसीसीले यसअघि नेपाल बंगलादेश बैंकसँग मर्जरमा जानको लागि विभिन्न तहमा छलफल गरेको थियो । त्यसको लागि एनसीसीको एक सय कित्ता सेयरबराबर एनबी बैंकको ८० कित्ता सेयर कायम हुने सहमति समेत भएको थियो तर त्यो छलफल छलफलमा नै सीमित रह्यो ।


एनबीसँगको मर्जरका बारेमा कुनै निर्णय हुन नसकेको स्रोतको भनाइ छ । ‘त्यसपछि भने एनसीसीले ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाने विषयमा छलफल ग¥यो त्यो पनि सफल हुनसकेन’, स्रोतले भन्यो ।


यसैगरी एनसीसीले मर्जरमा जानको लागि सनराइज बैंकसँग पनि विभिन्न चरणमा छलफल गरेको र त्यो पनि सफल नभएपछि अहिले आएर नबिलसँग मर्जरमा जाने अन्तिम तयारी भएको हो ।

चौधरीको पुत्र निर्वाण चौधरी नविल बैंकको सञ्चालक समितिमा छन् । चौधरीले बैैंक हडप्न श्रीमतीलाई समेत प्रयोग गरेका छन् । सुचना चुहाएर श्रीमती सारिका चौधरीको नाममा एनसीसी बैंकको १० लाख कित्ता शेयर खरिद गरिएको खुलेको छ । सारिकाको नाममा शेयर खरिद गरेपछि नविलसँग मर्ज हुने हल्ला चलाएर एनसीसीको शेयर भाउमा अस्वभाविक बृद्धि गराइएको थियो । त्यस विषयमा धितोपत्र बोर्डले बैंकलाई स्पष्टिरण नै सोधेको थियो । हल्लापछि फेरी एनसीसीको शेयर भाउमा भारी गिरावट आएपछि पुन चौधरीले नै बजारबाट सस्तोमा शेयर उठाएका थिए । शेयर आफूले खरिद गरेपछि चौधरीले फेरी मर्जरको प्रक्रिया अगाडी बढाएका छन् । त्यस्तै एनसीसीको शेयर खरिदका लागि चौधरीले नेपाल बंगलादेश बैंकबाट ६० करोड रुपैयाँ ऋण लिएका छन् । जबकी उक्त बैंकसमेत नविलसँग मर्ज गर्ने तयारी छ । यसरी शेयर खरिद गरिनु धितोपत्र ऐन विपरित रहेको विज्ञहरु बताउँछन् ।


मर्जरमा एजेन्टको भूमिका निभाउने उपेन्द्र केशरी न्यौपानेलाई चौधरीले घरमै लगेर बाबु छोराको भेट गराएका थिए । भेटपछि नै न्यौपानेले बैंक सञ्चालक समिति तथा बैंकका संस्थापक/ठूला लगानीकर्तालाई समेत बेवास्ता गरेर मर्जर गर्ने तयारी गरेका छन् । त्यति मात्रै होइन उनले मर्जर कमिटि नै गठन नगरि अन्य कुनैपनि बैंकसँग सम्भाव्यता समेत अध्ययन नगरि नविलसँग एकलौटी रुमा गाभ्ने योजना बनाएको एक सञ्चालक बताउँछन् ।

चौधरीले नविल बैंकमा एनसीसी बैंक गाभे भने सबैभन्दा ठूलो घाटा भने नेपाल सरकारलाई पर्नेछ । नेपाल सरकारको लगानी रहेको नागरिक लगानी कोषको ४५ लाख कित्ता शेयर लगानी समेत धरापमा पर्ने भएको छ । रु ३५ को दरले हिसाब गर्दा लगानी कोषलाई ३० करोड घाटा पर्ने देखिएको छ । यदि अख्तियारले यस्तो विषयमा छानबीन गरे लगानी कोष र बैंकका उच्च अधिकारी नै जेल जाने खतरा छ ।

सिफारिस