धादिङमा निषेधाज्ञा केही खुकुलो : बैंक, पुस्तक पसलदेखि हार्डवेयरसम्म खुला !

दियो पोस्ट  

धादिङ, ३१ जेठ । धादिङमा लामो समयदेखि जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ । जिल्ला स्थित कोरोना भाइरस संक्रमण नियन्त्रण समिति (डिसिएमसी)को आजको बैठकले आगामी दिनमा केही सेवा सुचारु गर्ने निर्णय गरेको हो ।


यद्धपी निषेधाज्ञा अवधि भने आगामी ८ असारसम्म लम्बिएको छ । खाध्यान्न, फलफूल, तरकारी, दुधजन्य पदार्थ र मासु पसल तथा अत्यावश्यक सामग्री विक्री गर्ने पसलहरु विहान ६ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ ।


निर्माण सामग्रीजन्य पसलहरु, पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि ६ बजेदेखि ११ बजेसम्म खुल्ला रहनेछ । जिल्ला भित्र रहेका बैंक तथा वित्तिय संस्था पनि मापदण्ड पुरा गरेर नियमित खुला हुने भएको छ ।

सिफारिस