काठमाडौँ– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेपाल निवास कोटेश्वर पुगेका छन् ।
नेता पुर्ण बहादुर खड्कासहित नेपाल निवास पुगेका देउवाले भेटवार्ता शुरु गरेका छन् ।
सर्वोच्चको फैसलापछि जेठ २ अघिकै स्थायी समिति बैठक बोलाउने ओलीले तयारी गरिरँदा देउवा नेपाललाई भेट्न पुगेका हुन् ।
नेपालसहित १ सय ४६ सांसदले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएका थिए ।