काठमाडौं, १ असार । संसारमा कहिलेकाही निकै अनौठा घटनाहरु हुन्छन् । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित चन्दौलीमा रहेको बरहुली गाउँमा एउटा गाईले निकै अनौठो बाच्छो जन्माएको छ ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार बरहुली गाउँमा दुईवटा मुख, दुईवटा कान तथा चारवटा आँखा भएको बाच्छो जन्मिएको छ ।
उक्त अनौठो बाच्छो हेर्नका लागि टाढा टाढाबाट मानिहरुको भीड लाग्ने गरेको छ ।
स्थानीय अरविन्द यादव नामका किसानले पालेको गाईले आइतबार उक्त बाच्छो जन्माएको हो ।
हालसम्म उक्त बाच्छो स्वस्थ रहेको र कुनै समस्या नदेखिएको बताइएको छ ।
स्थानीय पशु चिकित्सकहरुले गाईको गर्भमा भ्रुण विकसित हुने क्रममा भएको विकारका कारण यस्तो बाच्छो जन्मिएको बताएका छन् । एजेन्सी