प्रशारण लाइनमा झुण्डिएका माइला विकको बयान : देउता खोज्न माथी माथी गएँ, चिलले ठुङ्ग्यो ! (भिडियो)

दियो पोस्ट  

काठमाडौं । शनिबार नुवाकोटस्थित त्रिशुली थ्रि एको प्रसारण लाइनमा चढेर चर्चामा आएका माइला विकले आफू देउता खोज्न माथि चढेको बताएका छन् । नयाँ शैली नामक युट्युव च्यानललाई उनले दिएको अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् ।

आफ्नो घर बेलकोटगढी नगरपालिका १३ घले गाउँ बताउने उनले आफू घरबाट उक्त प्रसारण लाइनमा चढ्न नभई अन्य कामका लागि निस्केको बताए । ‘म भाङ धतुरो, गाँजा खाने मान्छे हुँ । तर डोज पुगेन । दुईवटा जति सोफी तान्न पर्यो र त्यसपछि घरमा गएर सुत्न पर्यो भनेर गएको थिएँ । त्यहाँ गएपछि भ्रमण देखेँ । सन्सार देखेँ । मेरो मन भित्र जसले जे पठाउँछ मलाई केही लाग्दैन । पृथ्वीमा देउता खोज्दा खोज्दा हालत भएको हुँदा खम्बामा गएर छोएपछि ढुक्क मन भयो अनि गएँ,’ उनले भनेका छन्,‘माथी गएर जुन गोटी थियो । बत्ति बलिरहेको थियो । त्यसको पेच खोलेँ । म ग्यारेजमा काम गरिरहेको मान्छे सामान्य हल्लाएपछि फलामले मलाई केही गर्दैन । त्यो झर्यो । यो जसरी झर्यो मलाई पनि त्यसरी झारोस् भनेर गएँ । तर अहिले सम्म झारेनन् । अब झार्नु हुन्छ हुँदैन पिता परमेश्वरकै इच्छा ।’

सञ्चारकर्मीले तपाईंलाई त्यति अग्लो ताररमा झुण्डिँदा डर लागेन भन्ने प्रश्नमा उनले भनेका छन्,‘हामी त्यही तारमा झुण्डिएर आएका हौँ । त्यही तारबाटै जाने हौँ । वल्लो छेउँ गएँ । पल्लो छेउ गएँ । माथितिर पनि आएँ । लठ्ठा तान्दा तान्दा चिउँडोले च्यापेँ,’ उनले भनेका छन्,‘गिद्धको गुँड रहेछ भत्काएर हुर्याइदिएँ । चिलले पनि ठुंग्यो । ल ठुँग भनेर आनन्दले त्यहीँ सुतेँ । अरु तल कराइरहे ।’

भिडियाे

 

 

सम्बन्धित खबर