पाँचतारे होटलमा ड्रग्स पार्टी गर्दै गर्दा बलिउड अभिनेत्री पक्राउ

पाँचतारे होटलमा ड्रग्स पार्टी गर्दै गर्दा बलिउड अभिनेत्री पक्राउ

काठमाडौं, १ असार । भारतको मायानगरी भनिने मुम्बईमा एक बलिउड अभिनेत्रीले आफ्नो जन्मदिनमा ड्रग्स पार्टीको आयोजना गर्नु भारी परेको छ ।

पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीलाई कसैले गोप्य तरिकाले यसबारे जानकारी दिएपछि प्रहरीको समूहले यसैको आधारमा अबेर रात होटलमा छापा मार्‍यो ।

प्रहरीको छापामा अभिनेत्री र उनका साथीलाई पक्राउ गरेको छ । अभिनेत्रीको पहिचान नाइरा नेहल शाहको रुपमा भएको छ ।

घटना मुम्बईको सान्ताक्रुज प्रहरी थाना इलाकाको हो । जहाँ एक पाँचतारे होटलमा बलिउड अभिनेत्री नेहल शाह आफ्नो जन्मदिन मनाइरहेकी थिइन् ।

उनी ड्रग्ससहित पार्टी गरिरहेकी थिइन् । प्रहरीले आइतबार–सोमबारको राती होटलमा छापा मारेर यसबारे खुलासा गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार अघिल्लो रात करिब ३ बजे एक पाँचतारे होटलमा छापा मारिएको थियो ।

त्यहाँ बलिउडमा साना भूमिका निभाउने अभिनेत्री र उनका साथीहरुलाई ड्रग्स सेवन गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । सान्ताक्रुज प्रहरीले यसका लागि मुद्दा दर्ता गरेको छ ।

प्रहरीका अनुसार अभिनेत्री नेहल शाह होटलको एउटा रुममा चरेसको प्रयोग पनि गरिरहेका थिए ।

प्रहरीले तत्काल पार्टीमा उपस्थित अभिनेत्री नेहल र उनका साथी आशिक हुसैनलाई पक्राउ गरियो । दुबैले त्यहाँ चरेसको प्रयोग गरिरहेका थिए ।

सोमबार यी दुईलाई सान्ताक्रुज प्रहरीले दुबैलाई अदालतमा पेश गराए । त्यहाँ अदालतले दुबैलाई जमानतमा रिहा गरिदिएको छ ।

प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ । नाइरा नेहल शाहले दुईवटा तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् । एजेन्सी

Trending News