सिन्धुपाल्चोक, २ असार । लगातारको वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा आएको बाढीले ५ सय जना विस्थापित गराएको छ ।
३ सय जनालाई नेपाली सेनाको क्याम्पमा राखिएको छ भने २ सयलाई इन्द्रेश्वर माविमा राखिएको छ । बाढीका करण मेलम्ची नगरपालिका वडा नम्बर ११ मा एक सय घरधुरी डुबानमा परेको स्थानिय जनप्रतिनिधि बताउँछन् ।
बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । खोज र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । त्यस्तै सिम्रिक एयरको हेलिकोप्टर पनि सिन्धुपालचोकमा परिचालन गरिएको छ ।
मंगलबार विहानै देखि आएको बाढीले एक जनाको ज्यान गुमेको छ । ७ जनाभन्दा बढी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी छ ।
पत्रकार विष्णु क्षेत्रीले हेलिकोप्टरबाट मेलम्ची क्षेत्रमा बाढीले पारेको प्रभाव भिडियोमा कैद गरका छन् ।
हेर्नुहोस्