काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ ।
कालिकोट, खाडाचक्र नगरपालिका, ६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका, ६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
डोटी, सिलगढी नगरपालिका, ५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीबार दिउँसो पहिरो जाँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका, ७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन् ।