गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् ।

शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गरेका हुन् ।

Trending News