धादिङ, ५ असार । जिल्ला अस्पताल धादिङले आजैदेखि अक्सिजन प्लान्ट जडान गरि उत्पादन शुरु गरेको छ ।
जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाका अनुसार आजैदेखि प्लान्ट शुरु भएको हो । श्लोभाकियाबाट ल्यान्टले प्रतिमिनेट ८५–९० लिटरसम्मको अक्सिजन उत्पादन गर्ने जनाइएको छ ।
उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आई. सि. यु. र अन्य वार्डमा लगेर बिरामीलाई दिइने अस्पतालले जनाएको छ । उक्त प्लान्ट जडानका लागि भ्याट बाहेक ४० लाख रुपैयाँ लगानी भएको अस्पतालले जनाएको छ ।
योसँगै धादिङ अस्पताल जिल्लाकै पहिलो अक्सिजन प्लान्ट निर्माण गर्ने अस्पताल बनेको छ । यसअघि नीलकण्ठ नगरपालिकाले आइसोलेशन सेन्टरमा जडान गरेको अक्सिजन कन्सन्ट्रेटरलाई मिनि अक्सिजन प्लान्ट भन्दै मेयर भिम ढुंगानाले प्रचार गरेका थिए ।