धादिङका जिल्ला वन सहायक अधिकृत ४० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा !

दियो पोस्ट  

धादिङ, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई घुससहित पक्राउ गरेको छ ।


काठ व्यापारीसँग घुस लिन लागेको सुचना पाएपछि अख्तियारले पौडेललाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै पक्राउ परेको जानकारी दिएको हो । पौडेल जिल्ला वन कार्यालयका सहायक वन अधिकृत हुन् ।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनि कागजात तयार गरि वन कार्यालयमा लगेको र उक्त मुद्दा मिलाउन भन्दै उनले ४० हजार रुपैयाँ घुस डिल गरेका थिए ।