SONY DSC
काठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने निर्णय भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
असार ७ गतेदेखि निषेधाज्ञाको समयमा पनि जोर विजोर प्रणालीमा चल्न छ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।