कुटपीट गरेको अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं, ६ असार । सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबा छन् । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ । संग्रौलाले केहीदिन अघि एक प्रहरी अधिकारीमाथि पनि जातिय गालीगलौज गरेको पाइएको थियो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।