पक्राउ पर्नुअघि ज्वाला संग्रौलाको अनुनय : ‘फोटो नखिचिदिनुस् प्लिज’ !

दियो पोस्ट  

काठमाडौं, ६ असार । सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबा छन् ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।


टेकुमा प्रहरी हिरासतमा जानुअघि ज्वालाले आफ्नो तस्विर नखिचिदिन अनुनय गरेकी थिइन् । प्रहरी कार्यालय अगाडी उभिएका युट्युव सञ्चारकर्मीलाई उनले ‘फोटो चाहीँ नखिचिदिनुस् प्लिज’ भन्दै अनुनय गरेकी थिइन् ।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ । संग्रौलाले केहीदिन अघि एक प्रहरी अधिकारीमाथि पनि जातिय गालीगलौज गरेको पाइएको थियो ।

जाहेरीकर्ता खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।