काठमाडौँ, असार ७ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा भएका छन् । गृहमन्त्रालयले सोमबार सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए । हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।
गृहले एक नम्बर प्रदेशमा अरुण बिसीको सरुवा गरेको छ । त्यसैगरी उमेश रञ्जितकारलाई २ नम्बर प्रदेशमा पठाएको छ ।
त्यस्तै ३ नम्बर प्रदेशमा प्रकाशजंग कार्कीलाई पठाएको छ । भने ४ नम्बर प्रदेशमा दिपेश लोहोनीलाई सरुवा गरेको छ भने ५ नम्बर प्रदेशमा मुकुन्द आर्चायलाई सरुवा गरेको छ । यसैगरि, ६ नम्बर प्रदेशमा गणेश ऐर र ७ नम्बर प्रदेशमा पुरुषोतम कँडेललाई सरुवा गरेको छ ।
यस्तै, बसन्त कुमार पन्त कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट अख्तियार दुरूपयोग अनुसन्धानको कार्यालय टंगालमा सरूवा गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट उत्तमराज सुवेदी काठमाडौँ उपत्यका प्रहरी कार्याल रानीपोखरीमा सरूवा भएका छन् ।
यस्तो छ सुची को कहाँ पुगे ?