काठमाडौं, ७ असार । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘भ्याकेट’मा गएपछि फेरी चिढिएका छन् । उनले ओलीको कदमबाट पार्टी एकता भंग गर्न खोजिएको बताएका छन्।
प्रधानमन्त्री केपी ओली पक्ष कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको निर्णयविरूद्ध ‘भ्याकेट’मा गएको थियो।
ओलीपक्ष ‘भ्याके’टमा गएसँगै वरिष्ठ नेता नेपालले सोमबार बेलुका फेसबुकमा धारणा राख्दै ‘भ्याकेट’ पार्टी एकता भंग हुने दिशामा गएको बताएका हुन्।
कअजयय
िओली पक्ष कर्णाली प्रदेशका चार सांसदको कारबाही फुकुवाविरूद्ध आइतबार ‘भ्याकेट’मा गएको थियो।
‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले शंका उब्जाएको थियो,’ नेपालले भनेका छन्, ‘जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम् लचक भएर प्रस्तु हुँदा त्यसलाई कमजोरीको रूपमा लिइएको जस्तो देखियो।’
नेपालले सत्ता जोगाउन संविधानका बिरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुरा एकतावद्ध पार्टी बनाउने प्रयासविरूद्ध भएको बताएका छन्।
उनले भनेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’