काठमाडौं, ९ असार । नेपाल टेलिकमको पोष्टपेड र प्रिपेड दुवै सेवा अवरुद्ध भएको छ । बुधबार विहानैदेखि मोबाइल सेवा अवरुद्ध हुँदा कतिपयले यसलाई संकटकालको पूर्वाभ्यासको शंका गरेका छन् ।
यद्धपी यस विषयमा प्रतिक्रिया लिन नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा उनको फोन लाग्न सकेन
।
सामाजिक सञ्जालमा वर्तमान सरकारले संकटकालको शुरुवात गरेको आशंका गरिएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक मन्त्रिपरिषद पुनर्गठन बदर गर्न अन्तिरिम आदेश दिएको थियो । सोमबारको यो आदेशलाई लिएर सत्तारुढ दलका नेताहरुले देशलाई संकटमा धकेलेको आरोप लगाएका थिए ।
यता विपक्षी गठबन्धनमा रहेका ५ जना पूर्व प्रधानमन्त्रीहरुको वक्तव्यमा पनि देश पुन संकटतर्फ धकेलिएको उल्लेख छ ।
त्यसो त केहीदिन अघि राष्ट्रपति विद्यादेवि भण्डारीले सेनापति, सशस्त्र प्रहरी र नेपाल प्रहरीका २ आइजीपी र गृहमन्त्रीलाई समेत शितल निवासमा बोलाएर ब्रिफिङ लिएकी थिइन् ।
उनको यो ब्रिफिङलाई लिएर समेत संकटकालको अभ्यासको रुपमा बुझिएको थियो ।
यद्धपी नेपाल टेलिकमले भने मर्मत भइरहेको जनाएको छ ।