काठमाडौं, ९ असार । दलित भन्ने थाहा पाएपछि कोठा दिन अस्विकार गर्ने घरबेटी सरस्वती प्रधानको विषयलाई लिएर नेवा समुदाय आन्दोलित बनेको छ । केही नेवा समुदायका अगुवा बताउनेहरुले विभिन्न ब्यानरसहित राजधानीको बबरमहलमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले घरबेटी सरस्वती प्रधानलाई बिना सर्त रिहाई पर्ने माग राखेका छन् । केही व्यक्तिले भने अनावश्यक विषय लेखिएको प्लेकार्ड बोकेर उभिएको देखिएको छ ।
‘आफूले चाहेको केटासित बिहे गर्न पाएन भने पनि जातको कुरा उठाएर मुद्दा हाल्ने होइन रुपा सुनार ?’ भन्दै प्रश्न गरिएको प्लेकार्ड बोकेर केही व्यक्ति सडकमा देखिएका छन् ।
नेवा समुदायको केही व्यक्तिको यस्तो प्रदर्शनलाई जातिय सद्भाव भड्काउने कोशिसका रुपमा केही नेवा विज्ञहरुकै भनाई छ ।